काठमाडौं । एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे पुनः नियुक्त भएका छन् ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई पुनः सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले चैत २२ गते देखि लागू हुने आगामी ४ वर्षे कार्यकालका लागि सीईओ पदमा नियुक्त गरेको हो ।