काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् ।
कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई आगामी वैशाख २ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो ।