काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिडेटको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युधिष्ठिर भुषाल शर्मा नियुक्त भएका छन् ।
संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल निमित्त कार्यकारी प्रमुखको रुपमा रहेको शर्मालाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई चैत २१ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।