काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसका साथै उक्त बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । यससँगै बैठकले लेखा परीक्षकवाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको ५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।