जाल्पा र किसान लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) कार्यका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै संस्थाबीच मर्जर कार्यका लागि चैत १८ गते आइतबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो ।

हाल जाल्पाको चुक्ता पुँजी १६ करोड रहेको छ भने किसानको चुक्ता पुँजी ४७ करोड १३ लाख रहेको छ । यी दुई संस्थाबीच गत साउन ९ गते मर्जरको प्रारम्भिक सम्झौता भएको थियो।

जाल्पाको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने किसानको केन्द्रीय कार्यालय कैलालीको लम्किचुहामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स