डिप्रोक्स लघुवित्तले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफबाट सेयरधनीलाई लाभांश दिने भएको छ।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी जम्मा १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्र प्रसाद अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स