यही फागुन ५ र ६ गते चौंथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने

काठमाडौं । लघुवित्त क्षेत्रमा देखिएका समस्या र चूनौतिबारे छलफल गर्दै आगामी रणनीति बनाउन फागुन ५–६ गते काठमाडौंमा चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

स्वाबलम्बन विकास केन्द्रको आयोजनामा हुने लागेको सम्मेलनमा नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधीहरु, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही सदस्य, जनप्रतिनिधि गरी ७ सय जना भन्दा बढीको सहभागिता रहने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले नेपालमा विगत १०–१२ वर्षहरु लघुवित्त क्षेत्रका लागि सुनौला दिन रहेपनि पछिल्लो समय केही समस्या देखिएकाले त्यसलाई पहिचाहन गर्दै निराकरण गर्ने उद्देश्य सहित सम्मेलन आयोजना गरिएको बताए ।उनले भने ‘लघुवित्त क्षेत्रको पुर्नसंरचना र पर्नुजागरण गर्नुपर्ने आवश्यक्ता देखिएको छ । त्यसका लागि सम्मेलन प्रभावकारी बन्ने अपेक्षा गरेका छौं ।’ त्यसका लागि सम्मेलनको नारा नै स्वस्थ लघुवित्त, समृद्ध सदस्य राखिएको उनले बताए ।

विश्वका १७८ ओटा देशमा संचालन भइरहेको लघुवित्त मोडल ग्रामीण अर्थतन्त्रको पुर्नसंरचनाका लागि उपयुक्त रहेको श्रेष्ठले दावी गरे । तर, पछिल्लो समय देखिएका केही विकृतीले गर्दा नेपालमा लघुवित्त सेवा बदनाम हुन थालेको भन्दै यसलाई सुधार गर्न जरुरी देखिएको उनले औंल्याए । लघुवित्त संस्थाहरुले वित्तीय सेवासँगै शिक्षा, तालिम, सामाजिक कामहरु गर्नुपर्नेमा आफ्नो भूमिका विर्सिदै गएको श्रेष्ठले गुनासो गरे । लघुवित्तले बढी ब्याज लिएको गुनासो सुनिए पनि यो ब्याजदर दक्षिण एसियामै न्यून रहेको उनले दावी गरे ।

हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेका छन् । हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स