राष्ट्र बैंकद्वारा सामुदायिक र बिपीडब्लु लघुवित्तलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। माघ २४ गते राष्ट्र बैंकले दुई लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

मर्जर पश्चात कम्पनीको नाम ‘सामुदायिक लघुवित्त’ हुनेछ ।

राष्ट्र बैंकले १००:०.८५३५ को अनुपातमा मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले ८५.३५ कित्ता सेयर पाउने छन् ।

दुई लघुवित्तबीच २०७९ साल पुस १ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। दुवै लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेमा रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स