काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
समिक्षा अवधिमा कम्पनीले ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलानामा २२.४१ प्रतिशतले कम हो । अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।
पुस मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ७.११ प्रतिशतले घटेर ४९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको कर्मचारी खर्च ४.११ प्रतिशतले घटेर ११ करोड ८ लाख रुपैयाँ कायम भएको छ । अन्य सञ्चालन खर्च भने १४.१४ प्रतिशतले बढ्दै ५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।
संस्थाले ३ अर्ब ४६ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने कर्जा ७ अर्ब ६० करोड कर्जा प्रवाह गरेको छ । संस्थाको रिजर्भको आकार ५.१२ प्रतिशतले बढ्दै १६ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी १२.४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.७५ गुणा,प्रतिसेयर नेटवर्थ १४२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३०१.०५ रुपैयाँ र तरलता अनुपात ७.८९ प्रतिशत कायम भएको छ ।