काठमाडौं । नेशनल लघुवित्तले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरमा वितरण हुने छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ ।