निर्धन उत्थान लघुवित्तको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

काठमाडौं । निर्धन उत्थान लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन ११ गते आफ्नै केन्द्रीय कार्यालय नक्सालमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सम्वन्धित अनुसूचीहरू उपर छलफल गरी पारित गर्ने ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. संस्थाको सञ्चालक समितिका सदस्यहरूको मनोनयन र नियुक्ति अनुमोदन गर्ने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स