नेशनल लघुवित्तद्वारा भुकम्प पीडितहरुका लागि ५० लाख आर्थिक सहयोग 

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड वनेपा,काभ्रेपलाञ्चौकले भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ वरावरको सहयोग गरेको छ । मानविय सहायता अन्तर्गत वित्तीय संस्थाले पश्चिमका भूकम्प पीडीतहरुका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
२०८० पौष १४ गते वित्तीय संस्थाले सल्यान जिल्लाको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरुका लागि गाउँपालिको विपद कोषमा ४ लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । बागचौर शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । त्यसैगरी २०८० पौष १५ गते रुकुम पश्चिमको आठविसकोट नगरपाकिालाई ४ लाख सहयोग गरेको छ । आठविसकोट शाखा अन्तर्गत वित्तीय संस्थामा आवद्ध ३७० जना सेवाग्राहीलाई  ११ लाख ६४ हजार रुपैया आर्थिक सहयोग गरेको छ । सोही दिन सदरमुक्काम स्थित मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका सेवाग्राही सदस्यहरु २५० जनालाई ७ लाख ५६ हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
दुई अलग अलग कार्यक्रमकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीलाई चेक हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी,स्थानिय जनप्रतिनिधि,बुद्धिजीवी,समाजसेवी,वित्तीय संस्थाका कर्मचारीहरु,सेवाग्राही सदस्य तथा आमजनसमुदायको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसी र आठविसकोट नगरपालिकाका मेयर रवि केसीले संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईयो) र नेशनल लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिएका थिए । लघुवित्त विपन्न तथा गरिव समुदायमा वित्तीय साक्षरताका लागि उल्लेख्य भूमिका खेलेको उनीहरुको भनाई थियो । नेशनल लघुवित्तले विपदमा परेका सर्वसाधारणलाई गरेको सहयोग अमूल्य रहेको वताए । यसका साथै आगामी दिनमा पनि दुर दराजमा रहेका विपन्न गरिव परिवारमा वित्तीय सेवा पुर्याउन आग्रह समेत गरे ।
सोही अवसरमा नेशनल लघुवित्तका सिइयो राम बहादुर यादवले मानवीय सहायतामा सधै नेशनल लघुवित्त साथ रहने बताए । मानवीय सहायता गर्ने अवसर दिएकोमा गाउँपालिका तथा नगरपालिकालाई धन्यवाद समेत व्यक्त गरेको थिए । दुर्गम गाउँ बस्तीहरुमा आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लाथि लघुवित्त कार्यक्रको माध्यमबाट गरिवी न्यूनिकरणमा टेवा पुर्याउने सीईओ यादवले बताए ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कोष तथा ग्राहक संरक्षण कोषबाट विपत्तमा परेको सेवाग्राही सदस्यहरुलाई मानविय सहायता गदै आएको छ । हाल नेशनल लघुवित्त देशका ७२ जिल्लामा २ लाख २० हजार बढि सदस्यहरुविच वित्तीय कारोवार संचालन गरिरहेको छ ।
वित्तीय संस्थाको पुँजी १ अर्व ८ करोड,सदस्यहरुको बचत ५ अर्ब र लगानीमा रहिरहेको कर्जा १८ अर्व बढि रहेकोछ । त्यसकारण पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय आफ्ना सेवाग्राही सदस्यहरुलाई सामाजिक तथा आर्थिक उत्थानका लागि लघुवित्त कार्यक्रमको साथै वित्तीय साक्षरता,सीपमुलक तालिम,सामाजिक क्रियाकलाप र दैवीप्रकोप उद्दार कार्यक्रम संचालन गदै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स