सञ्चालित १२ वटा लघुवित्तले लाभांश घोषणा गर्दा १९ वटाले नबाँड्ने

काठमाडौं । नेपाली पुँजी बजारमा ५५ वटा लघुवित्त वित्तीय संस्थाहरू सूचीकृत छन् । जसमध्ये हालसम्म ३१ वटा लघुवित्त संस्थाहरूले लाभांश सम्बन्धि निर्णय सार्वजनिक गरेका छन् । गत वर्षको नाफाबाट विभिन्न १९ वटा लघुवित्तले लाभांश नबाँड्ने निर्णय गरेका हुन् ।

देशमा सञ्चालित ३१ वटा लघुवित्तहरूले लाभांश सम्बन्धि निर्णय गर्दा १२ वटा लघुवित्तले मात्रै गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

गत आर्थिक वर्षको नाफाबाट आरएसडिसी, स्वावलम्बन, एनआईसी एशिया, सपोर्ट, धौलागिरी, फर्स्ट माइक्रोफाइनान्स, साना किसान विकास, समता घरेलु, आत्मनिर्भर, ग्लोबल आइएमई, छिमेक र जीवन विकास लघुवित्तले लाभांश बाँड्ने प्रस्ताव गरेका हुन् ।

युनिक लघुवित्त, लक्ष्मी, गणपति, उन्नति सहकार्य, सिवाईसी नेपाल, बिपिडब्लु, इन्फिनिटी, उपकार, फरवार्ड, लसामुदायिक, नाडेप, हिमालयन, गुराँस र ग्रामीण विकास लघुवित्तले लाभांश बिना नै साधारणसभा आह्वान गरेका छन् ।

सबैको लघुवित्त, साधना लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मेरोमाइक्राफाइनान्स लघुवित्त र नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने भनेर घोषणा गरेतापनि हालसम्म वार्षिक साधारणसभा आह्वान गरेको छैनन् । हालसम्म २४ वटा लघुवित्त संस्थाहरूले वार्षिक साधारणसभा आह्वान गरेका छन् । अझै ३१ वटा लघुवित्तले वार्षिक साधारण डाकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स