सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । सामुदायिक लघुवित्तले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

सोहि बैठकले वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ।

बैठकले २०८०/३/३१ को वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट वित्तीय विवरणहरु स्वीकृत भएपछि कम्पनीले साधारणसभा बोलाउने बाटो खुल्ने छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स