राष्ट्र बैंकद्वारा मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्तको मर्जरलाई लागि अन्तिम स्वीकृति प्रदान

काठमाडौं । नेपाल राष्ट्र बैंकले मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्थाले मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले कार्तिक ३ गते यी दुई कम्पनीलाई मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो।

यी दुई संस्था १स्१ को स्वापमा मर्ज हुन लागेका हुन् । एक आपसमा गाभिए पश्चात बन्ने एकिकृत संस्थाको नाम ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड’ हुने छ।

यी दुवै लघुवित्तबीच गत पुस १२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

संस्थाको रजिष्टर्ड कार्यालय काभे्रपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १३ मा रहने छ भने कर्पोरेट कार्यालय काठमाडौ र ललितपुर महानगरपालिका बाहेक काठमाडौं उपत्यका भित्र रहने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स