साना किसान विकास लघुवित्तको सेयर रजिष्ट्रारमा सन्राइज क्यापिटल नियुक्त

काठमाडौं । साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारमा सनराइज क्यापिटल नियुक्त भएको छ।

संस्थाको सञ्चालक समितिले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो। योसँगै अब सनराइज क्यापिटलले साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठद्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच मर्जर प्रक्रिया पूरा गरी गत असार २४ गतेबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भइसकेको छ।

एकीकृत कारोबारपश्चात साना किसान विकास लघुवित्तको सेयर रजिस्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मा सनराइज क्यापिटललाई दिइएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स