काठमाडौं । स्वाभिमान लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।
लघुवित्तको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ६१ लाख ३८ हजार ५८० रूपैयाँ रहेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ।