लुघवित्तमा कार्यान्वयन अधिकारीको नियुक्ति गर्दा नातेदार नरहेको व्यक्ति हुनुपर्ने

काठमाडौं । लघुवित्त कम्पनीको कार्यान्वयन अधिकारीको नियुक्ति गर्दा नातेदार नरहेको व्यक्ति हेर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

संस्थाले कार्यान्वयन अधिकारी नियुक्ति गर्दा निज सम्बन्धित नियमनकारी निकायका पदाधिकारी वा उच्च व्यवस्थापनका कर्मचारीको एकाघर परिवार वा नजिकको नातेदार नरहेको एकीन गर्न परिपत्र जारी भएको छ ।

यसका साथै शंकास्पद कारोबार प्रतिवेदन पठाउने सम्बन्धमा राष्ट्र बैंकले व्यक्ति तोक्न भनेको हो ।

संस्थाले शङ्कास्पद कारोबारको प्रतिवेदन पठाउँदा त्यस्तो संस्थाको कार्यान्वयन अधिकारीको एकाघर परिवार वा नजिकको नातेदार को विवरण पठाउनुपर्ने भएमा निज बाहेक अन्य अधिकारीबाट प्रतिवेदन पठाउने व्यवस्था मिलाउन भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स