काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको ६ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयर इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयर खरिदको माग गर्न सकिनेछ। यस हिसाबले १०० कित्ता सेयर खरिदका लागि न्यूनतम ४५ हजार रुपैयाँ लाग्नेछ।
इच्छुक व्यक्तिले माघ २८ गतेभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। बोलपत्र बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु–काठमाडौंमा बुझाउनु पर्नेछ।