काठमाडौं । नेपाल राष्ट्र बैंक लुघवित्त कम्पनीप्रति लचिलो बनेको छ । राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई समेत सेयर तथा डिवेञ्चरमा लगानी गर्न बाटो खुल्ला गरेको हो ।
राष्ट्र बैंकले आज एक सर्कुलर जारी गर्दै नेशनल बैंकिङ इन्सिटिच्युट नेपाल क्लियरिङ्ग हाउस लि। कर्जा सूचना केन्द्र लि. लगायतका संस्थाहरुमा र नेपाल फिनसफ्ट कम्पनी लि. मा लगानी गर्न पाइने भनिएको छ ।
सेयर, डिवेञ्चर तथा सामूहिक लगानी कोषमा गरिएको लगानी रकमलाई पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाउनु पर्ने समेत बताइएको छ ।