नेष्डो समृद्व लघुवित्तको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । नेष्डो समृद्व लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स