हिमालयन लघुवित्तको १३औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालक पदमा अधिकारी र चौलागाईं निर्वाचित

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को १३औं वार्षिक साधारण सभा सम्पन्न भएकोे छ । सभा आज मंसिर २७ गते बिहीबार काठमाडौंमा सम्पन्न भएको हो ।

वित्तीय संंस्थाका अध्यक्ष विजय मान नकर्मीकोे अध्यक्षतामा सम्पन्न १३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा आगामी ४ वर्षको कार्यकालका लागि कृष्णप्रसाद अधिकारी र शिवप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन् ।

सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तब्य राखेका थिए भने सभाका अध्यक्ष विजय मान नकर्मीले सम्पूर्ण सेयरधनी तथा आमन्त्रित महानुभावहरु प्रति आभार व्यक्त गर्दै साधारणसभा सफल बनाई दिएकोमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७६ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै ४ अर्ब ५० करोडभन्दा बढी लगानी गरेकोे छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स