काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यसअघि घोषणा गरेको लाभांश संशोधन भएको छ ।
लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
यसअघि कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १४.२८६ प्रतिशत बोनस सेयर र ०.७१४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको थियो।
लघुवित्तले उक्त लाभांशदर संशोधन गर्दै गत आवका लागि १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
अहिले कम्पनीले कुल लाभांश १५ प्रतिशत नै यथावत राखि बोनस सेयर र नगद लाभांशमा भने केही मात्रामा थपघट गरेको हो।
हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ रहेको छ।