काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।