काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको २० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयरमा कम्पनीको अन्य विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सकिने छ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न आग्रह गरिएको छ। निवेदन सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी, कागमाडौं वा ललितपुरको महालक्ष्मी–४ स्थित कम्पनीको कर्पोरेट कार्यालयमा बुझाउनु पर्नेछ।
खरिदकर्ताले आवेदन दिँदा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई आवेदन दिनु पर्नेछ।
दिइएको समयावधिभित्र संस्थापकबाट सेयर खरिदका लागि आवेदन नपरेमा उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिने सूचनामा उल्लेख गरिएको छ।