काठमाडौं । एक लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय गरेको हो ।