एनएमबि लघुवित्तको सेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारणको स्वामित्व कति ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीले हाल कायम रहेको पुँजी संरचनालाई परिवर्तन गरी संस्थापक सेयरधनी समूहको ६० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ४० प्रतिशत कायम भएको हो ।

यसअघि कम्पनीको सेयर संरचना संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत थियो ।

कम्पनीको कुल ७२ लाख १४ हजार ४९१.४८ कित्ता सेयरमध्ये परिवर्तित पुँजी संरचनापश्चात संस्थापक समूहतर्फको ४३ लाख २८ हजार ६९५.०४ कित्ता (६०) र सर्वसाधारण समूहतर्फको २८ लाख ८५ हजार ७९६.४४ कित्ता (४०) अर्थात् धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको नेप्से मार्फत जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स