काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।