काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४ करोड ४ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १९.०३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ४० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि ४ करोड ८६ लाख रुपैयाँबाट बढेर ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.९६ प्रतिशतले घटेर १३ करोड ७१ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष ४ करोड ६९ लाख ४५ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६८ लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ ।
कम्पनीको खुद सञ्चालन आम्दानी भने ११.९६ प्रतिशतले घटेको छ। गत वर्ष १५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु वर्षमा घटेर १३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै कम्पनीको कुल सञ्चालन आम्दानी पनि १८ करोड ३७ लाख रुपैयाँबाट घटेर १५ करोड ९४ लाख रुपैयाँमा झरेको छ।
कम्पनीले ९ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशतबाट घटेर ४.३५ प्रतिशतमा झरेको छ ।
६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ४.१८ रुपैयाँले बढेर २६.१६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७.८ रुपैयाँ रहेको छ ।