काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ३ करोड ३७ लाख रुपैयाँ घाटामा व्यहोरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले २ करोड ५९ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा ४७.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले १ करोड ७५ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको प्रोभिजन ७४.४१ प्रतिशतले घटेको छ भने राइट ब्याक ९४.८४ प्रतिशतले बढेको छ ।
१० करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड २ लाख रुपैयाँ जम्मा रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.४३ रुपैयाँ रहेको छ ।