काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २२.९८ प्रतिशत कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ४१ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २४.५० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ३३ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
कम्पनीको इम्पेयरमेन्ट चार्ज १७०.५२ प्रतिशतले बढेर १३ करोड २४ लाख पुगेको छ ।
कम्पनीको जगेडा कोषमा १ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ छ । त्यस्तै, वितरणयोग्य नाफा ४१ करोड ९ लाख रहेको छ ।
१ अर्ब ७० करोड ६१ लाख चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी १५.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१७.६२ रुपैयाँ रहेको छ ।