काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ४३ लाख ५३ हजार रुपैयाँ व्यहोरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ५२ लाख ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीले ३ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १६.१७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले २ करोड ६९ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको सञ्चालन मुनाफा २ करोड ३० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कमिशन तथा अन्य सञ्चालन आम्दानी ३३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भको आकार ४.३६ प्रतिशतले बढेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ । समीक्षा अवधिसम्म कम्पनीको निक्षेप संलकन ८८ करोड १५ लाख र कर्जा प्रवाह १ अर्ब ४६ करोड रुपैयाँ रहेको छ ।
अघिल्लो आवको पहिलो त्रैमाससम्म ८.५३ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर १४.४३ प्रतिशत पुगेको छ ।
कम्पनीको जगेडा कोषमा २० करोड ५ लाख रुपैयाँ रहेको छ ।
६ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको एनपीएल भने १४.४३ प्रतिशत पुगेको छ ।