फर्स्ट माइक्रोफाइनान्सको नाफा ३ करोड १० लाख

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ३८.६८ प्रतिशत कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ५ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ६ करोड ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २५.१२ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

१ अर्ब २३ करोड ३८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३० करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा १३ करोड ४३ लाख रहेको छ ।

कम्पनीको एनपीएल २.५३ प्रतिशत विन्दुले बढेर ४.४४ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.३२ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स