उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै, आज र भोलिमा अधिकतमले छाड्ने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । मंगलबारसम्मको तथ्याङ्क अनुसार दैनिक १ लाख हाराहारी बाहिरिनेको संख्या पुगेको हो ।

अझ बुधबार र बिहिबार झनै बाहिरिनेको संख्या  थप हुन सक्ने अनुमान रहेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।

विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने,‘आइतबार र मङ्गलबारको तुलनामा सोमबार र मंगलबार यात्रा गर्नेको सङ्ख्या बढेको छ ।’

यसरी बाहिरनेसंख्या अधिकतम हुँदा भित्रिने संख्या भने ज्यादै न्यून रहेको बताइएको छ । दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका तथ्याङ्क छ ।

नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए ।

हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग र दक्षिणकाली–हेटाँैडा र कान्ति राजमार्ग भएर यात्रीहरू आफ्ना गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स