साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो ‘पठाओ लोकल’

काठमाडौं । साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनिहरुको व्यवसाय वृद्धि गर्ने पहल स्वरुप पठाओ नेपाल प्रालिले ‘पठाओ लोकल’ सुरु गरेको छ ।

शुन्य दर्ता महसुल राखेको पठाओ लोकलमा साना व्यवसायीहरुले आफ्नो ब्यवसाय आधिकारीक दर्ता गरेको हुनु पर्ने पठाओको प्रबक्ता सुरक्षा हमालले बताइन् ।

हाल खाजा डेलिवरी सेवामा २० भन्दा बढी साना व्यवसायी जोडिएको पठाओ लोकलमा २ सय ५० भन्दा बढी व्यवसायीहरुलाई जोड्ने लक्ष्य राखेको पठाओले ब्यवसायीको कमिसनमा समेत छुट दिएको हमालले बताइन् ।

पहिले आफ्नो खाजा घर तथा रेस्टुरेन्टबाट मात्र ब्यापार गर्दै आएका ब्यवसायीहरु अहिले पठाओ लोकलबाट दैनिक अनलाइन बिक्रि गर्न पाउँदा निकै खुशी भएको हमालको बुझाइ छ ।

पठाओ लोकलमा आवद्ध हुन चाहने साना खाजा तथा रेस्टुराँ व्यापारीले ०१ ( ५९७००९९ मा सम्पर्क गरि यस बारे जानकारी लिन र दर्ता गर्न सक्नेछन ।

साथै यो लिङकमा https://bit.ly/PathaoLocal क्लिक गरि आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स