जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकु नेपाली बजारमा, अभिनेत्री स्वस्तिमा खड्काले गरिन् उद्घाटन

काठमाडौं । जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य सामग्रीहरु काठमाडौंमा पनि उपलब्ध गराउने भएका छन् । विगत १३६ वर्षदेखि जापानमा सौन्दर्य सामग्रीहरु उत्पादन गर्दै आइरहेको मोमोतानी जुनतेन्कानको स्वामित्वमा रहेका यी दुवै ब्रान्डका उत्पादनहरु नेपालमा पहिलोपटक उपलब्ध भएको हो ।

महिलाहरुमा प्रायः बढी देखा पर्ने डन्डिफोर लगायत अन्य समस्याहरुको लागि यो विश्व–विख्यात नाम हो । मोमोतानी जुनतेन्कान ले १८८५ मा बिगन्सुइ नामको एक्ने केयर उत्पादनसँगै आफ्नो उत्पादनको शुरुवात गरेको थियो र पछि यसले अन्य स्किन केयर सामाग्रीहरुको उत्पादन गर्न थालेको थियो । जापानकि साम्राज्ञीले समेत यहि ब्राण्डको उत्पादनहरु प्रयोग गरेको उनले बताए ।

हाल मेशोकु र मोमोतानीका उत्पादनहरु विश्वका २५ देशमा बिक्री भइरहेका छन् । यसका उत्पादनहरुमा एक्नि केयर, स्किन केयर, मेक–अप र हेयर केयरहरु आदि छन् । यी सबै उत्पादनहरु जापानमै बनेका हुन् ।

नेपालस्थित लाफिङ यति ट्रेडिङ प्रा.लि.ले यसलाई नेपालमा भित्र्याएको हो । लाफिङ यतिले नयाँँ बानेश्वर र पुल्चोकमा जापानिज भेराइटि स्टोर खाइमोनो र सिभिल मलमा टच–मी जापान पनि सन्चालन गर्दै आइरहेको छ ।

खाइमोनोमा सम्पूर्ण घरायसी सामानहरु, सजावटका सामानहरु, जापानीज् सौन्दर्य प्रसाधनहरु र अन्य उपयोगी सामानहरु उपलब्ध छन् भने टच मीमा महिला पुरुष दुवैको लागि ब्रान्डेड ब्यागहरु उपलब्ध छन् । टच मीमा महिला तथा पुरुष दुवैको लागि अन्य एसेसरिज पनि चाँडै उपलब्ध हुनेछन् ।

यहाँँ पाइने सम्पूर्ण सामानहरु जापानमै त्यहीँको गुणस्तर मापदण्ड अनुसार उत्पादित हुन्छन् । लाफिङ यती अन्तरराष्ट्रिय कम्पनीमा काम गर्दै त्यहाँको ज्ञान र अनुभव नेपालमा हस्तान्तरण गर्दै युवा सशक्तिकरण एवम् महिला सशक्तिकरणद्वारा नेपालमै सक्षम युवा नेतृत्व उत्पादन गर्ने अभिप्रायले नेपाली युवाद्वारा स्थापित कम्पनी हो ।

यसै कम्पनीले नयाँँ बानेश्वर, काठमाडौंमा किरेइ कस्मे जापानको नाममा आफ्नो पहिलो जापानिज् कस्मेटिक र स्किन केयर शोरुम पनि उद्घाटन गरेको छ । यसको उद्घाटनसँगै नेपाली महिलाहरुले विश्व–प्रसिद्ध, उच्च गुणस्तरीय र दिगो जापानिज् उत्पादनहरु सहजै प्राप्त गर्न सक्नेछन् । नेपालमा मोमोतानी र मेशुकोका उत्पादनहरु किरेइ कस्मेले मात्र एक्स्क्लुजिव रुपमा बिक्री गर्नेछ । यसको स्टोर नयाँँ बानेश्वरस्थित काइमोनो जापानको शोरुमसँगै रहेको छ ।

लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी थिइन् । उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेकी थिइन् । भिडियो म्यासेजमा बोल्दै मोमोतानी जुनतेन्कानका कर्पोरेट अफिसर र जेनेरल म्यानेजर श्री हिरोशी वादाले भने ‘राम्रो र आकर्षक देखिन सबैलाई रहर हुन्छ । ’

हाम्रो मुख्य उद्देश्य भनेको उपभोक्ताहरुको समस्या समाधान गरेर उहाँँहरुलाई खुशी बनाउने हो । ‘हामी भविष्यमा पनि लाफिङ यति ट्रेडिङ प्रा.लि.को माध्यमबाट यस्तै उपयोगी उत्पादनहरु ल्याउने छौँ,’ उद्घाटन कार्यक्रममा बोल्दै लाफिङ यति ट्रेडिङ प्रालिका प्रतिनिधि गौरव थापाले भने ‘ हाम्रा ग्राहकहरु लगायत सम्बन्धित सम्पूर्णबाट अहिलेसम्म प्राप्त भएको सहयोगप्रति हामी आभारी छौँ ।’

जापानको लोकप्रिय ब्रान्डको गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा ल्याउन पाउँदा एकदमै खुशी लागेको बताए । हाम्रा यी उत्पादनहरुलाई नेपाली उपभोक्ताहरुले मन पराइदिनुहुनेछ भन्ने अपेक्षा गरेको उनको भनाइ छ ।

मोमोतानी र मेशुकोको गुणस्तरीय उत्पादनहरु दराज अनलाइन शपिङ र काइमोनो जापान अनलाइन स्टोरमा पनि उपलब्ध छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स