द भ्वाइस अफ नेपाल सिजन-३ का प्रतिस्पर्धी सन्तोषकुमार बानियाको ‘हुन्छ हुन्छ….’ बोलको गीत यो साता सार्वजनिक हुने

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन-३ का प्रतिस्पर्धी सन्तोषकुमार बानियाको नयाँ गीत सार्वजनिक हुने भएको छ । बानियाको लोकपप विद्याको ‘हुन्छ हुन्छ….’ बोलको गीत यो साता सार्वजनिक हुने गायक बानियाले जानकारी दिए ।

बानिया द भ्वाइस अफ नेपाल सिजन-३ को ब्याटल राउन्डसम्म पुगेका थिए । सशस्त्र प्रहरीमा जागिरे रहेका बानियाको स्थायी घर काभ्रे धुलिखेल रहेको छ ।

गीतमा बानियाकै स्वर, शब्द तथा संगीत रहेको छ । भिडियोमा सिम्याक्स बानिया, सिर्जु पाखरेल, सन्तोष लम्साल, अनिल भट्टराई बुद्ध पतुवार, नरेश घलेलगायतको अभिनय छ ।

तारकेश्वर नगरपालिकाको सांगलामा छायांकन भएको भिडियोको छायाकार तथा निर्देशक थाहा सञ्चारकर्मी राजेन्द्र डंगोलले गरेका छन् । भने, सम्पादन बालकृष्ण वंशीको रहेको छ । त्यस्तै ड्रोन अपरेटर टार्जन लिम्बु रहेका छन् ।

मुनिकार जिस्मिन र भरोसा श्रेष्ठ (जस्मिन ब्यटी पार्लर) मेकअप आर्टिस्टका रुपमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स