काठमाडौं । सतलज जल विद्युत निगम (एसजेभीएन)का अध्यक्ष सुशील शर्माले २०३० सम्म ५ हजार मेगावाटका जलविद्युत आयोजना लगानी गर्ने बताएका छन्। २००८ देखि नेपालमा आफ्नो यात्रा शुरु गरेको बताउँदै उनले करिब २ हजार २०० मेगावाटका आयोजना विकास गरिरहेको बताए ।
‘एसजेभीएन अरुण तेस्रो जलविद्युत आयोजनाको सम्झौता भएसँगै नेपाल भित्रिएको थियो। एसजेभीएनले ३ वटा हाइड्रो प्रोजेक्ट निर्माण गरिरहेको छ।’ अध्यक्ष शर्माले भने, ‘पछिल्लो ४–५ वर्षमा नेपालमा लगानीको वातावरण राम्रो बन्दै गएको छ। ’
अरुण तेस्रोको प्रगति ७४ प्रतिशत रहेको छ, लगानी बोर्डको सहजिकरणले काम गर्न सहज भैरहेको उनले बताए।
‘तल्लो अरुणको डिपिआर ९० दिनमै भएको छ,’ शर्मा भन्छन्,‘जुन भारतमा समेत हुँदैन। नेपालमा लगानी बोर्डले सहजिकरण गरेको छ।’
बोर्डले नेपालमा निर्माण सामग्रीको आयात, प्रविधिको आयात र नेपालमा काम गर्ने विदेशीलाई रेमिट्यान्स लैजान सहजिकरण गरेको छ।
शर्माले नेपालमा विन्ड र सोलार विद्युतका योजनाको संभावना रहेकाले लगानीकोलागि सहजिकरण गर्ने बताएका छन्।
‘नेपालमा ग्रिन हाइड्रोजनको प्रोजेक्टमा छिट्टै लगानी गछौं,’ शर्माले प्रतिवद्धता जनाए।
नेपालले भारतसँग १० हजार मेगावाट विद्युत निर्यात गर्ने भएकाले बजारको लागि समस्या नहुने बताए।
सरकारले जग्गा अधिग्रहणको लागि कानुनी सहजता आवश्यक रहेको उनले बताए। छिटो काम गर्नकोलागि लगानी बोर्डलाई अझै निर्णय गर्ने क्षमता बढाउन सुझाए।
हामी विश्व बैक समूह नेपाली अर्थतन्त्रको उत्तानका लागि हामी सहकार्यको लागि तत्पर छौ । नेपाल सरकाले गरेको लागानीको सकारात्मक प्रयासलाई हामी सराहना गर्छु । नेपालमा सात सय बिलियन डलरको लागानीको संभावना छ । त्यसमा हामी सकारात्मक सहकार्यको पक्षमा छौ ।’ उनले भने, ‘नेपालले अर्ध सराहनीय रुपमा वा पीपीपी मोडलमा नयाँ लागानीको लागि प्लय फिन्ड को व्यवस्था गर्न जरुरी छ । नेपालमा ामष् आउदै छ र पछिल्लो ७ महिनामा त्यो बढि रहेको छ तर त्यसमा नेपालने बmआित को मामलामा चै चनाखो हुन जरुरी रहेको छ । नेपाली सघियतालाई सब नेसनल रुपला समेत लान गरुरी छ । नेपालमा बन्न लागेको दुधकोशी योजना जस्ता थप काम हुन जरुरी छ । नेपाली अर्थतन्त्रको आधार भनेकै ग्रीन इन्र्जी हो । ’