राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश, २०८१’ जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

निजी क्षेत्रको माग बमोजिम सरकारले द्रुत मार्गबाट कानुन संशोधन गरेको हो । सरकारले भूमि सम्बन्धी ऐन, २०२१, मा जग्गाको हदबन्दी सम्बन्धि कानुन परिमार्जन गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मा विकास निर्माण र उद्योग सम्बन्धि व्यवस्थालाई परिमार्जन गरिएको छ ।

यस्तै, विदुयुतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३स विशेष आर्थिक क्षेत्र ऐन, २०७३स सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ मा शोधन गरिएको छ ।

यसैगरी, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, वन ऐन, २०७६स औद्योगिक व्यसाय ऐन, २०७६ लाई समेत संशोधन गरेको छ । [embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/04/lagani-sammelan.webp”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स