काठमाडौं । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनी उत्साहजन बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनक गरेको विवरण अनुसार बीमा शुल्क संकलन राम्रो देखिएको हो ।
चालु आर्थिक वर्ष २०८१।८२ को प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले ४१ अर्ब ८ करोड रकम कुल बीमा शुल्क संकलन गरेका विवरणमा देखिएको छ ।
सबै भन्दा बढी बीमा संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको तथ्याङ्कले देखाएको छ । उक्त कम्पनीले कुल ११ अर्ब ९९ करोड १४ लाख रकम संकलन गरेको छ भने सबै भन्दा कम सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले ९३ करोड २७ लाख रकम संकलन गरेको छ ।
त्यसैगरी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले १ अर्ब ४० करोड बीमा शुल्क रकम संकलन गर्दा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ अर्ब ९० करोड बीमा रकम संकलन गरेका छन् ।
त्यस्तै लाईफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले ४ अर्ब ५७ करोड ३७ लाख रकम संकलन गर्दा मेट लाईफ इन्स्योरेन्सले १ अर्ब ४४ करोड २१ लाख रकम संकलन गरेको छ ।
त्यसैगरी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २ अर्ब ३ करोड ६८ लाख, आईएमाई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब २१ करोड ४१ लाख, रिलायन्स नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब २० करोड ८० करोड, सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड १ अर्ब ७४ करोड ७४ लाख बीमा रकम सङ्कलन गरेका छन् ।