शिखर इन्स्योरेन्सले गर्‍यो बाढीपहिरो पीडितलाई ६० प्रतिशत बीमा दाबी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपहिरो पीडितलाई ६० प्रतिशत बीमा दाबी भुक्तानी गरेको छ ।

२०८१ साल आश्विन ११ गते देखि देशभर आएको बाढी तथा पहिरोले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति पुगेर बीमितहरुबाट प्राप्त भएका बीमा दाबीहरुमध्ये कम्पनीबाट हाल सम्म ६० प्रतिशत बीमा दाबी संख्याको बीमा दाबी भुक्तानी भईसकेको कम्पनीले जनाएको छ ।

क्षति यकिन गरी दाबी रकम निक्यौल गर्नका लागि केही दाबीहरूमा बीमितबाट आवश्यक कागजात उपलब्ध नभएका कारण दाबी भुक्तानी हुन नसकेकोले आवश्यक कागजात उपलब्ध गराई दाबी रकम लिन कम्पनीले सम्पूर्ण बीमितहरुलाई आग्रह गरेको छ ।

साथै, कम्पनीबाट नियुक्त भएका सर्भेयरहरूलाई समेत यथाशक्य चाँडो सर्भे प्रतिवेदन पेश गरी सहज तथा शिघ्र दाबी व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको छ ।

दाबी प्रक्रिया सम्बन्धि थप सहयोग तथा जानकारीको लागि कम्पनीको सम्बन्धित प्रतिनिधि वा निम्न नम्बरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
९८०२३२०८२०
९८०२३३६४६५
९८०११५०४४६
९८४९६७०२६२

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स