सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आज असोज २३ गते शंखमूलको अनमोल बैंक्वेटमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, आर्थिक वर्ष २०७९/८० को लेखा परीक्षण, वासलत, नाफा(नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित हुनुका साथै एनएफआरएस प्रणाली लागू गरी तयार गरिएको वित्तीय विवरण पनि पारित भएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स