गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता

काठमाडौं । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

दुई कम्पनीबीच असोज २० गते आइतबारका दिन उक्त सम्झौता भएको हो ।

इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० हजारबराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।

गरिमा क्यापिटलको कमलपोखरीस्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स