काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढी र पहिरोका कारण क्षति भएका पूर्वाधारहरुको बीमा दाबी भुक्तानी गरिरहेको छ ।
गत असोज ११ गते देशभर परेको अविरल वर्षा, बाढी र पहिरोका कारण क्षति भएर कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको जनाएको छ ।
बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मत गर्न, आवश्यक कागजात तयार रसंकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको कम्पनीले जनाएको छ ।
सम्बन्धित बीमितहरुले दाबी भुक्तानी प्राप्त गर्न कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसँग वा ९८०२३२०८२०, ९८०११५०४४६, ९८०२३३६४६५ र ९८४९६७०२६२ नम्बरमा सम्पर्क गर्न समेत कम्पनीले जानकारी दिएको छ ।
कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिप प्रकाश पाण्डे कम्पनीका बीमितहरुको दाबी भुक्तानीलाई विशेष प्राथमिकतामा राखेर कार्य गरिरहेको बताए ।