काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पद वहाली गरेकी छिन् ।
कम्पनीको असोज १६ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदको सपथ गराई असोज १८ गतेदेखि लागु हुने गरी आगामी चार वर्षको लागि पद वहाली गरेको हो ।
नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि.सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् ।