काठमाडौं । एनएलजी इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक ७ गते आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे डाकेको हो ।
सभामा कम्पनीले ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिइसकेको छ । बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्नेछ । तसर्थ, असोज २१ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।