राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा खुल्यो आवेदन, के छ योग्यता ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा आवेदन खुलेको छ । बुधबार रिक्त रहेको सीईओ पदको लागि दरखास्त आवेदन खुल्ला भएको सूचना जारी भएको छ ।

आवेदन दिन चाहनेको लागि बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्ने बताइएको छ ।

व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक वा वित्तीय क्षेत्र भए ८ वर्ष तथा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा ७ वर्षको अनुभवी हुनुपर्ने भनिएको छ ।

अन्यथा चार्टर्ड एकाउन्टेन्सी गरेको वा बीमा, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा कम्तीमा १० वर्ष, बैंक वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए कम्तीमा एक वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनभवी हुनु पर्ने कार्यविधिमा मा रहेको र सोहि अनुसार सूचना जारी भएको हो ।

दरखास्त दिनेले ५ हजार शब्दमा नबढ्नेगरि कम्पनीका लागि व्यवसायिक कार्ययोजना पनि पेस गर्नुपर्ने समेत बताइएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स