शिखर इन्स्योरेन्सको नाफा साढे १३ करोड नजिक, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशतले बढेर ४४ करोड ५० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ, सेयर प्रिमियम ९ करोड ५७ लाख रूपैयाँ, बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी घट्न पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १० पैसाले घटेर ३० रुपैयाँ ४० पैसामा झरेको छ । गत आर्थिक वर्षको असोजसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा रहेको थियो ।

असोज मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात ५६.९१ गुणा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स