यी हुन् दुई महिनामा धेरै आम्दानी गर्ने जीवन बीमा कम्पनी

काठमाडौं । चालू आर्थिक वर्षको दुई महिना अवधीमा जीवन बीमा कम्पनीहरुको आम्दानीमा वृद्धि भएको देखिएको छ । साउन र भदौसम्मको जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुको जारी गरेको विवरण तथ्याङ्क सार्बजनीक गरेको छ । जसमा बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख सङ्कलन गरेका छन् ।

सबै भन्दा बढी बीमा शुल्क सङ्कलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले यस अबधिसम्ममा ९ अर्ब ३ करोड ७३ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

दोस्रोमा नेशनल लाइफ रहेको छ । यस कम्पनीले ३ अर्ब ५८ करोड ४८ लाख बीमाशुल्क सङ्कलन गरेको छ ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । सो कम्पनीले यस समय सम्म ३ अर्ब ३० करोड ७५ लाख रहेको छ । हिमालयन लाइफ इन्सोरेन्सले ३ अर्ब १० करोड १५ लाख बीमा शुल्क सङ्कलन गर्दा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५७ लाख रुपैयाँ सङ्कलन गरेको छ ।

त्यसैगरी सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले १ अर्ब १० करोड ६४ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन गर्दा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड ४७ लाख कमाउन सफल भएको छ ।
त्यस्तै मेट लाइफले यस अवधि सम्ममा ९६ करोड ३ लाख सङ्कलन गर्दा प्रभु महालक्ष्मी लाइफले ८७ करोड २० लाख सङ्कलन गरेको छ ।

रिलयबल नेपाल लाइफले उक्त अवधि सम्ममा ८५ करोड ४७ लाख सङ्कलन गर्दा आइएमई लाइफले सो अवधि सम्ममा ८२ करोड ३५ लाख रुपैयाँ र नेपाल लाइफ ले ७७ करोड ९४ लाख रुपैयाँ सङ्कलन गरेको बीमा प्राधिकरणको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स