नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी पनि १ रुपैयाँभन्दा कम

काठमाडौं । सेयर नोक्सानीमा पैसा छुट्याउँदो नेपाल लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्य घटेको छ । नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जम्मा ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको साही अवधिसम्ममा इन्स्योरेन्स कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।

इन्स्योरेन्स कम्पनीले सेयर लगानी नोक्सानी वापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.२१ प्रतिशत बढेर ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा कम्पनीले जीवन बीमा धितो बापत २० अर्ब ५७ करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरी ५९ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सले १६ हजार १२० दाबीबापत ३ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी ३१ प्रतिशत बढेको छ भने जगेडा कोष ७६.२९ प्रतिशत घटेको छ । इन्स्योरेन्सको जीवन बीमा कोष २५.२५ प्रतिशत र महाविपत्ती कोष ३.८३ प्रतिशत बढेको छ ।

नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ०.३९ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.६७ रुपैयाँ थियो । इन्स्योरेन्स कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८५ पैसा रहेको छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४३३८.०३ गुणा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स